• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    बैक-विमा विजनेश

    ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अन्तर्गत ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

    1.2K
    SHARES



    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ ।

    उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् ।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशहरूमा यही पुस महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ ।

    जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका वडा नं ११ मकवानपुर स्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार, मधेस प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाउँपालिका वडा नं. १ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पुस २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङ स्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते सोमबार, लुम्बिनी प्रदेशमा सैनामैना नगरपालिका वडा नं. ११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलाली स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ