• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न

    245
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते पोखरामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले जय मुकुन्द खनाल, मनीषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । यसै गरी, सभामा जिपी राजवाहक एन्ड कम्पनीलाई पुनः लेखा परीक्षक नियुक्त गर्न गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

    साधारण सभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकले ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरूलाई आत्मसात् गर्दै आएको बताए ।

    देशको आर्थिक स्थितिलाई मजबुत बनाउन यथाशक्य योगदान पु-याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी दिए ।

    त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए ।

    साधारण सभामा बैंकका संस्थापक शेयरधनीका तर्फबाट डा. वीरेन्द्र महतो एवं समाजसेवी प्रेमकुमारी के.सी.सहित अन्य संस्थापक एवं साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ