• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

    135
    SHARES



    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थिर छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवले महासचिव वैद्यको स्वास्थ्य स्थिर अवस्थामा रहेको जानकारी दिएका छन् ।

    श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

    त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।

    गत महिना आयोजित एकता महाधिवेशनका बेला पनि स्वास्थ्यमा समस्या देखिएपछि वैद्य पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् ।

    गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक साता भर्ना गरेर उपचार गरिएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ