• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक पक्राउ

    259
    SHARES



    काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनी १३ वर्षपछि पक्राउ परेका हुन् ।

    उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

    दुई वटा छुट्टाछुट्टै मुद्दामा उनीबिरुद्ध ६–६ महिना कैद सजाय तोकिएको छ । २०६८ भदौ ६ मा ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।

    २०७३ कार्तिकमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो फैसलालाई सदर गरेका थिए । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने एसपी रजौरेले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया