काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बिहीबार बन्चरेडाँडा ल्यान्डफिल साइट अनुगमन गरेका छन् । बिहिबार बन्चरेडाँडा पुगेका मन्त्री सिंहले त्यस क्षेत्रमा देखापरेका समस्याबारे जानकारी लिएका हुन् ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमाना बन्चरेडाँडामा छ । मन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया