काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार प्रसाईमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंमाथि आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको बताए ।
प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया