• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा (बहुमत) का कार्यकर्ताले मिटरब्याजी दम्पतीको नाकै काटिदिएपछि ..

    42
    SHARES



    घोराही । नेकपा (बहुमत) का कार्यकर्ताहरुले एक मिटरब्याजी दम्पतीको नाक काटिदिएका छन् । दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमरले बताएका छन् ।

    घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै बिहिबार बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । पिलासले समातेर चक्कुले उनीहरुको नाक काटिदिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।

    नेकपा बहुमतले एक विज्ञप्ति जारी गर्दै बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाहि गरेको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो ।

    बिहिबार बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाहि गरेको जनाएका छन् ।

    जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डि कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाहि गर्नु परेको बहुमतले प्रष्ट पारेको छ ।

    यससँगै नेकपा बहुमतले मिटरव्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । नेकपा बहुमतले विभिन्न आरोपसहितको बिज्ञप्ती सार्वजनिक गरेको छ भने १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया