• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका छविलाल जोशीको बयान थालियो

    196
    SHARES



    काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा थालिएको छ ।

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको थियो । उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिन थालिएको हो।

    केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रूपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

    स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो । रम्तेललाई भने पोखरा फिर्ता गरिसकिएको छ ।

    सोही प्रकरणमा कास्की हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याउने तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया