• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

प्रधानन्यायाधीशले बोलाए न्याय परिषद्को बैठक

1.4K
SHARES



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्को बैठक बोलाएका छन् । राउतले साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाएका हुन् ।

उनले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश र उच्च अदालतका रिक्त १७ न्यायाधीशको नियुक्ति र सिफारिसका बारेमा छलफल गर्न परिषद्को बैठक बोलाएका हुन् ।

न्याय परिषद् स्रोतका अनुसार उनी प्रधानन्यायाधीश भएपछि यो दोस्रो पटक औपचारिक परिषद्को बैठक हो । यसअघि अनौपचारिक रूपमा केही छलफल भएको र आज औपचारिक रूपमा बैठक बोलाइएको परिषद्का एक सदस्यले बताए ।

हाल सर्वोच्च अदालतमा १७ जना न्यायाधीश छन् । संविधान अनुसार २१ जना स्थायी न्यायाधीशको दरबन्दी भएको सर्वोच्चमा लामो समयदेखि न्यायाधीश रिक्त हुँदै आएको छ । यसअघि सर्वोच्चमा ६ जनाको पद रिक्त रहेको थियो । संसदीय सुनुवाइमा रोकिएका दुई न्यायाधीशको अनुमोदन हुँदै सिफारिस भएपछि रिक्त संख्या ४ मा झरेको थियो ।

सर्वोच्च अदालतमा मुद्दाको संख्या वृद्धि हुँदै गएको र न्यायाधीश अभाव हुँदा सर्वसाधारणहरू न्यायका लागि धाएर आउने तर सुनुवाइ नै नभई फर्कन पर्ने अवस्था सिर्जना भएको भन्दै अदालत र नेतृत्वमा आलोचना भइरहेको छ ।

त्यस्तै परिषद्ले बाल अदालत गठनका विषयमा पनि छलफल गर्ने एजेण्डा तय गरेको छ । काठमाडौँ उपत्यकासहित काभ्रेपलान्चोक जिल्लालाई समेटेर बाल अदालत स्थापनाको तयारी गरिएको छ । उक्त अदालतमा एक न्यायाधीश, एक बाल मनोविज्ञ र एक समाजशास्त्री रहने छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ