• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

1.2K
SHARES



काठमाडौँ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनहरूबाट सेवा संचालन गर्दै आएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ