• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    स्पेनमा भीषण बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो

    653
    SHARES



    भ्यालेन्सिया । स्पेनमा भीषण बाढीका कारण अहिलेसम्म कम्तिमा २ सय जनाको ज्यान गएको छ । अझै धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । आपतकालीन टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन्।

    स्पेनमा सबैभन्दा बढी मृत्यु भ्यालेन्सिया क्षेत्रमा भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ । सरकारले बाढीको खतराबारे पहिल्यै सचेत गराएको भए यस्तो विनाश नहुने स्पेनका नागरिकहरू बताउँछन्।

    भ्यालेन्सियाको अल्डाया सहरमा बस्ने जुआन गोन्जालेजले बीबीसीलाई भने, ‘यहाँको क्षति विनाशकारी छ। यो एक क्षेत्र हो जहाँ आकस्मिक बाढीको सम्भावना थियो। तर हाम्रो सरकारले यसलाई रोक्न केही गरेन।‘

    अर्का स्थानीय अगस्टिनले भने, ‘हामी बसेको फ्ल्याट पूर्ण रूपमा पानीमा डुबेको छ । म आफ्नी श्रीमती र छोराछोरीसँगै मेरो आमाबुवाको घरमा बस्छौँ।’ स्पेनमा शनिबार पनि पानी पर्ने सम्भावना छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया