• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मन्त्रिपरिषद् बैठक बस्दै, डेडिकेट, ट्रंकलाइन विद्युत् महसुल र कुलमानबारे निर्णय आउनसक्ने

    517
    SHARES



    काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् ।

    सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रंकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।

    प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार चिढिएको छ ।

    यद्यपि उनले बैठकका एजेन्डा प्राप्त भइसकेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया