• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    इरानविरुद्ध इजरायली हमला असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

    762
    SHARES



    काठमाडौं । मध्यपूर्वी तनाव कम हुँदा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । सोमबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सबैजसो कच्चा तेल साढे ५ प्रतिशत हाराहारीमा घटेको छ ।

    यो समयसम्म डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ५.८ प्रतिशत घटेर ६७.६० अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ५.५ प्रतिशत घटेर ७१.८ , मुर्बान तेल ५.६ प्रतिशत घटेर ७०.७ अमेरिकी डलरमा झरेको छ ।

    एकैदिन कच्चा तेलको मूल्यमा भारी गिरावट आउनुको प्रमुख कारण मध्यपूर्वी एसियाको तनाव कम हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानविरुद्ध इजरायलको हमला तत्काललाई असफल भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट देखिएको रोयटर्सले जनाएको छ ।

    हाललाई इरान र इजरायलको द्वन्द्व रोकिने अनुमान गरिएको छ । इरानमा रहेका तेल उत्पादन तथा प्रशोधनका पूर्वाधार सुरक्षित भएसँगै तेलको आपूर्तिलाई सहज भएको छ । अतिरिक्त आपूर्ति र कमजोर मागका बीच तेलको मूल्य थप घट्न सक्ने आँकलन गरिएको छ ।

    इरानले अक्टोबर १ मा इजरायलमाथि प्रहार गरेपछि फेरि पनि इरानले आक्रामक प्रहार गर्नु नपर्ने गरी जबाफ दिन इजरायललाई अमेरिकाले भनिरहेको थियो। आणविक भट्टी र तेलखानीमा प्रहार नगर्न सम्झाइरहेको थियो।

    आणविक भट्टीमा प्रहार गरे युद्ध नै हुने खतरा थियो। त्यसो हुँदा तेलको भाउ ह्वात्तै बढ्न सक्थ्यो। तेलखानीमा आक्रमण गरेको भए पनि युद्ध सुरू हुनसक्थ्यो। युद्ध नै नभड्किए पनि तेलको भाउ भड्किने खतरा थियो। तेलको भाउ धेरै बढे अमेरिकी उपभोक्ता र अर्थतन्त्रमा नकारात्मक प्रभाव परिहाल्थ्यो। अनि नोभेम्बर ५ मा हुने निर्वाचनमा हालका राष्ट्रपति जो बाइडेनको दलकी उम्मेदवार कमला ह्यारिस हार्ने सम्भावना बढ्थ्यो। त्यसैले इरानी तेल खानीमा आक्रमण नगर्न अमेरिकाले सम्झाइरहेको थियो।

    इजरायलले अमेरिकाको सुझाव अनुसार नै शनिबार सैन्य संरचनामा मात्रै हमला गरेको थियो। त्यो पनि इरानले कडा आक्रमण गर्नुनपर्ने गरी गरेको थियो। त्यतिमात्रै होइन शनिबारको हमलाअघि इजरायलले कस्ता ठाउँमा हमला गर्दैछ र कस्तामा गर्दैन भनेर तेस्रो पक्षमार्फत् इरानलाई जानकारी गराएको थियो।

    इरानले अहिले इजरायलको हमलाको जबाफ दिने अधिकार भएको भनिरहे पनि कडा जबाफ नदिने देखिएको छ। इजरायली हमलापछि विज्ञप्ति निकालेर इरानी सेनाले इरानको ध्यान गाजा र लेबननमा युद्धविराम गराउन रहेको बताएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया