• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उपप्रधानमन्त्री सिंहले सोधे- वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन?

    1.1K
    SHARES



    काठमाडौँ । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।

    ‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ?’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिहरू हौं भन्नेहरूले कानुनको पालना गर्नुपर्ने पनि बताए।

    ‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन?,’ उनले भने, ‘हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन्? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन?’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ