• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सरकारले विपक्षी छानिछानी जेल हाल्ने र सत्तापक्षलाई जोगाउने काम गर्‍यो : माओवादी केन्द्र

    24
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् ।

    सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाएका हुन् ।

    ‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, प्रवक्ता सापकोटाले भने ।

    यस्तै ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले शनिवार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया