• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मन्त्रिपरिषद बैठक बस्दै, दल विभाजन सम्बन्धी अध्यादेश आउन सक्ने

    88
    SHARES



    काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने बैठकका एजेन्डाबारे भने केही नखुलाएको एक मन्त्रीले जानकारी दिए ।

    यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् ।

    स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् । त्यसका लागि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई तयारी गर्न दबाब दिँदै आएका छन् ।

    आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

    मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया