• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल

    266
    SHARES



    काठमाडौं । प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् ।

    गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रका लागि विपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल सदस्यीय रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलले तयार पारेको ज्ञापनपत्र सोमबार प्रधानमन्त्रीलाई भेटेर बुझाउने विपक्षी दलका नेताहरूको तयारी छ ।

    कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद खनालका अनुसार, विशेषगरी सरकारले अलर्ट जारी हुँदा पनि पछिल्लो विपत्तिमा तयारी गर्न नसकेको, घाइते र बेपत्ताहरूको खोजी तथा राहत, उद्धारमा गम्भीर नभएको लगायतका विषयमा केन्द्रत रहेर प्रतिवेदन तयार पारेको छ ।

    कार्यदलका अर्का एक सदस्यका अनुसार सरकार सुशासन र भ्रष्टाचारको विषयमा गम्भीर हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । बाढीपहिरोपछि देशका विभिन्न ठाउँमा पुगेको क्षतिमा गम्भीर हुन आग्रह गर्दै पुनर्निर्माणमा लाग्न सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको उनले बताए ।

    गत शुक्रबार बसेको विपक्षी दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेका थिए । सत्तारुढ गठबन्धनमै रहेपनि उनीहरू विपक्षी दलको बैठकमा सहभागी थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया