• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण

    415
    SHARES



    काठमाडौँ । नेकपा (एमाले)ले भवन निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।

    यसैगरी लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए।

    ‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया