• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    शेखर कोइराला भन्छन्- यो सरकार ढल्छ भन्ने सपना नदेख्नु

    559
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षीहरूलाई आग्रह गरेका छन्।

    कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ यो सरकार बनेकोले ढल्ने सम्भावना नरहेको बताएका हुन्।

    पूर्वसहमतिअनुसार २०८४ सालको निर्वाचनसम्म कांग्रेस र एमाले गठबन्धनकै सरकारले निरन्तरता पाउने उनको भनाइ छ।

    ‘यो सरकार ढल्दैन चल्छ तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ। गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन। मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ, जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ,’ मोरङमा शनिबार भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘पूर्वसहमतिअनुसार चुनावसम्मै यो गठबन्धनले निरन्तरता पाउँछ, यो सरकार ढल्छ भन्ने सपना नदेख्नु।’

    उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस भने हुन थालेको बताए। ‘यो सरकार बनेको धेरै भएको छैन तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो। त्यसअनुसार काम भइरहेको छैन। सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो। मलाई लाग्छ- जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैनन्,’ उनले भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन्। सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ।’

    कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने उनले बताए। नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया