• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    डडेल्धुरामा खोलाले बगाएर बेपत्ता प्रतिभाको परिवारलाई राहात वितरण

    1.1K
    SHARES



    डडेल्धुरा । गत महिनाको भाद्र २८ गते परेको अविरल वर्षाका कारण खोलाले बगाएर बेपत्ता भएकी प्रतिभा धामीकाे परिवारलाई राहात वितरण गरिएको छ ।

    भाद्र २८ गते शुक्रबार विहान जिल्लाको परशुराम नगरपालिका–८ धनुकेकी करिब १५ वर्षीया छात्रा धामी घर नजिकैको बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा जम्रानी खोलाले बगाएर बेपत्ता भएकी थिइन् । वेपत्ता धामीलाई हालसम्म खोजि कार्य गर्दा कतै नभेटाएपछि प्रतिभाको परिवारलाई राहत रकम उपलब्ध गराइएको हो।

    जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधीकारी चोमेन्द्र न्यौपानेले आज बालिका अध्यनरत बैजनाथ माध्यमिक विद्यालयमा पुगेर बेपत्ता बालिकाका हजुरबुवा रग्वा धामीलाई रु दुई लाख रकम हस्तान्तरण गरेका छन् ।

    सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ न्यौपानेले बताए ।

    बेपत्ता बालिका प्रतिभा धामीलाई स्थानिय र प्रहरी प्रशासनले निरन्तर १९ दिनसम्म खोज तलास गरेको थियो । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया