• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु, ७८ जना घाइते

    0.9K
    SHARES



    काठमाडौं । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ । ‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ ।

    इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो ।

    हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेको छ । हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत् आपूर्तिमा पनि समस्या देखिएको छ ।

    ताइवानको उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ ।

    सोही क्षेत्रमा ७८ जना घाइते भएको पनि समाचार छ । धेरै माछा मार्नेहरू पनि हराइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ