• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    सुदूरपश्चिमेलीहरुको बारेमा तथानाम ओकल्ने महिलाका नाममा जाहेरी, हदैसम्मको कारवाही माग

    1.7K
    SHARES



    काठमाडौं । सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा तथानाम ओकल्ने, अनावश्यक भ्रम छर्ने महिला दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिमको दार्चुला घर भएका अधिवक्ता कृष्ण महराले साउदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।

    पाटन उच्च अदालत बार एसोसिएसनको सदस्यसमेत रहेका महराले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जानकारी दिएका छन्।

    अमेरिकामा घटेको एउटा घटनालाई लिएर ती महिलाले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनाम गराउन बिभिन्न भिडियोमार्फत मनलाग्दी तरिकाले बोल्ने र सुपका संस्कार संस्कृतिमाथि समेत प्रहार गरिरहेकी छिन ।

    उनले सुदूरपश्चिमका मान्छेहरु सबैको चरित्र खराब हुने भन्दै कुप्रचार गर्दै आएकी छिन। उनले गरेको कुप्रचारका विरुद्ध उनलाई हदैसम्मको कारबाहीको माग गर्दै अधिवक्ता महराले मुद्दा हालेका हुन्।

    उनको अफवाह र कुप्रचारबिरुद्ध सुदूरपश्चिमेलीहरु आक्रोशित बनेका छन् । समाज भड्काउने यस्ता व्यक्तिलाई हदैसम्मको कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ