• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    यू-२० च्याम्पियनसिप- बंगलादेश बन्यो च्याम्पियन, घरेलु मैदानमा नेपाल स्तब्ध

    1.8K
    SHARES



    काठमाडौं । घरेलु टोली नेपाललाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    बुधबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो ।बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १–१ गोल गरे ।

    नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए । खेलको पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले अग्रता लिएको थियो ।

    मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे । त्यस्तै मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे ।

    ८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गरे । दोश्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे ।

    च्याम्पियनसिपमा ६ राष्ट्र सहभागी थिए । यससँगै बंगलादेशले समूह चरणमा भोगेको हारको बदला पनि लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ