काठमाडौँ । माछापुच्छ्रे बैंकले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ ।
तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।
सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्ने छन् ।
बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुनेछन् ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको विज्ञप्ति मार्फत जनाएको छ ।
प्रतिक्रिया