• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको मृत्यु, आमा घाइते

    1.3K
    SHARES



    काठमाडाैँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।

    सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

    दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो। उनकी आमा ४३ वर्षीय गौमुखी पाठक गम्भीर घाइते भएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ