• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मुगुको छायाँनाथ रारा नगरपालिकाले दियो सोमबार सार्वजनिक विदा

    0.9K
    SHARES



    मुगु । जिल्लास्थित छायाँनाथ रारा नगरपालिकाले भोलि (सोमबार) सार्वजनिक विदा दिने भएको छ ।

    छायाँनाथ रारा नगरपालिका-२ चैन गाउँमा रहेको प्रसिद्ध छायानाथ मन्दिरबाट सोमबार मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ छायाँनाथ हिमालमा रहेको छाँया क्षेत्रमा गाथ (शिवको मुर्ती) लिने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

    कार्यवाहक नगरप्रमुख ऎश्वर्या मल्लको दस्तखतबाट आइतबार जारी गरिएको नगरपालिकाको सूचनामा सोमबार छाँयानाथ मन्दिरबाट छायाक्षेत्रमा गाथ लगिने भएकाले मातहतका विद्यालय, स्वास्थ्य सस्था, गैह्र सरकारी संघसंस्था, वित्तिय कार्यालय लगायत सबै कार्यालयहरुमा सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।

    सोमबार गाथ लिदा नगरपालिका क्षेत्रका घर घरबाट फुल, माला, अक्षता, ध्वजा चढाउन मन्दिरमा स्थानीयहरु जाने र बाजागाजा सहित गाथ पठाउदा स्थानीयहरु सहभागी हुने भएकाले सार्वजनिक विदा दिइएको छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले जानकारी गराए ।

    गाथ लिदा मुर्ती, पुजारी र दर्शनार्थीको सुरक्षाको लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको टोलि पनि छाँयाक्षेत्रमा जाँदै आएको छ ।
    छाँया क्षेत्रमा गाथको दर्शनका लागि सुदुरपश्चिम, कर्णाली र भारतबाट समेत यो बेला ठूलो संख्यामा भक्तजनहरु आफ्ना कुल देवता, विभिन्न देउताका धामी झाक्री सहित यहाँ पुग्ने गर्दछन ।

    ४ हजार ६ सय मिटर उचाइमा रहेको छाँया क्षेत्रमा पुग्न कठिन जोखिमपुर्ण यात्रा गर्नुपर्छ । छाँया क्षेत्रमा पुग्न मुगु जिल्ला सदरमुकाम गमगढीबाट ३ दिन पैदल यात्रा तय गर्नु पर्दछ ।

    सत्य युगमा सती देवीले प्राण त्याग गरेपछि विरक्तिएर शिव भगवानले सती देवीको मृत शरीर बोकेर हिडेका बेला सतीको उक्त शरीर गल्दै जाँदा शरिरका विभिन्न अंग पतन भएको र जहाँ जहाँ सतीका शरिरका अंग खसे ती स्थान शक्तीपीठको रुपमा मानिएको बताइन्छ ।

    छाँया क्षेत्रमा सती देवीका अन्तिममा बाकी रहेका सबै अंग खसेकोले भगवान शिव सतीको मायाले छाँया क्षेत्रमै अझै पनि रहेको विश्वासका साथ  हिन्दु श्रद्धालुहरु त्यहाँ पुग्ने र पूजा आराधना गर्ने गर्दछन । हिन्दु मात्र नभइ छाँयानाथलाई बौद्ध धर्मावलम्बीहरु समेत एब्लाङ्ग भगवान सम्झेर पुजा गर्ने गर्दछन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ