काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेकाे छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २ हजार ८ सय अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।
प्रतिक्रिया