• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

संवैधानिक व्यवस्था उल्लंघन गरेपछि थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

2K
SHARES



काठमाडौं । थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग भएकाे छ । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएपछि उक्तदल भंग भएकाे हाे ।

थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको बताइएकाे छ ।

थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।

सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ