काठमाडौँ । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएकाे हाे ।
पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते भएका छन् ।
घाइतेकाे गुल्मीकै अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया