• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाह र मन्त्रीले लिए शपथ

    1K
    SHARES



    काठमाडाैँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँद्वरा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री पनि बनेका छन् । २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहलेश राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए ।

    सपथ ग्रहण गरेपछि मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार पनि गरेका छन् । जसमा, नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका छन्

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ