• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    लोकतन्त्र बचाउन कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नु पर्छ : प्रभु साह

    533
    SHARES



    काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब आईटी आर्मी अगाडी आउनुपर्ने निर्देशन समेत उनले दिए ।

    आजपा निकटको आईटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि आईटी आर्मी फ्रन्टलाइनमा आउनुपर्ने आवश्यक रहेको बताए । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन् ।

    लोकतन्त्र बचाउनका लागि कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका कांग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।

    अहिलेको लुटकारी व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नका लागि आईटी आर्मी लाग्नुपर्ने बताए । कांग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए ।

    विभिन्न ठुला भ्रष्टाचारका काण्डमा कांग्रेस र एमालेकै शीर्ष नेताहरूको संलग्नता रहेको बताउँदै त्यस्तालाई कारबाही नगरिएसम्म मुलुक नबन्ने उनले बताए । भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचारीहरूले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारबाही नगरेकाले अब आम जनताले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ