काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते (शुक्रवार) विश्वासको मत लिने भएका छन् । गत असार २० गतेनेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासकाे मत लिनलागेका हुन् ।
विश्वासको मतको प्रायोजनको लागि बुधवार साेडारीले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरुलाई सूचना पनि जारी गरिसकेको जानकारी दिएका छन् ।
प्रतिक्रिया