काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची रहेकाे छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्ने भएकाे बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिकाे बैठक पनि बस्दै छ ।
आजको ट्रेन्डिङ
- १विप्लवसंग पाँच बर्ष काम गर्दाको अनुभूति र सम्बन्ध बिच्छेद !
- २ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित
- ३रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, प्रहरी भन्छ- ‘अनुसन्धान अन्तिम चरणमा पुग्याे’
- ४सुनको मूल्यमा सामान्य वृद्धि
- ५घाँटी पड्काउने मसाज गर्दा पप गायिकाको मृत्यु
विचार-ब्लगसबै
प्रतिक्रिया