• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती समाचार

    बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

    746
    SHARES



    काठमाडैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका–१०, स्थित प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासकाे मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गाेविन्द लम्सालले जानकारी दिएका छन् ।

    प्रदेश सभाको बैठक ३ बजेका लागि तय गरिएको छ । सत्ता साझेदार दल नेकपा एमालेकाे पनि विश्वासकाे मतसम्बन्धी निर्णय गर्नका लागि दलकाे बैठक बस्ने तयारी भइरहेकाे एमाले सांसद तथा निवर्तमानमन्त्री एकालाल श्रेष्ठले जानकारी दिएका छन् ।

    लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ