• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    साउदी अरबमा कार्यरत ३० नेपाली समस्यामा ,दिएन कम्पनीले खानेपानी समेत

    654
    SHARES



    काठमाडौँ । धन कमाउन भनेर साउदी अरब पुगेका ३० जना नेपाली अहिले कमाएको पैसाको ठुलो हिस्सा पानी खानकै लागि खर्च गर्न बाध्य चएका छन् ।कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा रातदिन काम गर्दाआउने तलबको आधा त त्यही पानी किन्नमै खर्च हुन्छ । खाना समेत पेट अघाउन्जेलसम्म खान नसकिने अवस्था रहेको पीडितहरू बताउँछन् ।

    आफूले भरपेट खान थाल्यो भने नेपालमा आश्रित परिवार भोकै सुत्नुपर्छ । त्यो भन्दा ठुलो समस्या ऋण दिने साहूको बढी टेन्सन हुन्छ । लामो समयदेखि पर्याप्त मात्रामा पानी समेत खान नपाएर बिरामी पर्न थालेपछि उनीहरूले उद्धार गरेर नेपाल फकाईदिन हारगुहार गरेका छन् ।

    त्यसका लागि साउदीस्थित नेपाली महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभागलाइ पटक पटक अनुरोध गर्दै आएका छन् । तर, हालसम्म न उनीहरूको समस्या समाधान हुन सकेको छैन ।

    ‘हामी यता आएदेखि नै खानेपानीबारे भोगिरहेको समस्याबारे कम्पनीमा भनेका थियौँ । कुनै सुनुवाइ भएन  । त्यसपछि मेनपावरलाई खबर गर्‍यौँ । मेनपावरले झन् मतलबै गरेको छैन । राम्रोसँग पानी समेत खान नपाएर मर्नुपर्ने अवस्था आयो,’ मगरातीले भने ।

    पर्याप्त पानी खान नपाएर एक नेपालीको सुतेकै अवस्थामा ज्यान समेत गइसकेको उनीहरूको भनाइ छ । त्यही कम्पनीमा काम गर्ने दोलखाका ४३ वर्षीय टहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए । निधन भएको एक महिना ३ दिन बितिसक्दा पनि उसको शव नेपाल पठाइएको छैन ।

    आफूसँगै एउटै कम्पनीमा काम गर्ने साथीको मृत्यु भएपछि अन्य नेपाली थप आत्तिएका छन् । साउदी पुगेदेखि नै उनी गाह्रो काम गर्थे । तलब समेत थोरै थियो । जसले गर्दा उनी विदेश गएदेखि नै चिन्तित देखिन्थे । उनीसँग पैसा नभएर धेरै दिनदेखि पानी किनेर खान पाएका थिएनन् ।

    ‘हामीले किनेको पानीले नै मुख भिजाउँने गर्थे । तर, एकरात परिवारको धेरै चिन्ता लागेको बेथा हामीमाझ पोखिरहेका थिए । भोलिपल्ट त उहाँको सुतेकै अवस्थामा मृत भेटिनुभयो । तर, उहाँको शव अहिलेसम्म नेपाल पठाइएको छैन,’ सर्लाहीका अजमत अन्सारीले भने ।

    पीडित नेपाली नेपाली काठमाडौँको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेशनल प्रालि र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रा.लिबाट सात महिना अघि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ