• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे निर्णय गर्न साेमबार संसदीय सुनुवाइ समितिकाे बैठक बस्ने

    841
    SHARES



    काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

    सुनुवाइ समितिमा कांग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले साेमबार बैठक बोलाएको बताएका छन् । २ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

    त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

    त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग ९ साउनमा छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया