• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीद्वारा बृहत प्रदर्शन

    16.6K
    SHARES



    काठमाडौं ।

    कंचनपुरकी वालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले काठमाडौंमा बृहत प्रदर्शन गरेको छ ।

    हत्या भएको हप्तादिन पुगिसक्दा समेत दोषी पहिचान हुन नसकेपछि कपाल कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारीले तत्काल दोषी पत्ता लगाई हदैसम्मकोको कारवाहीको माग गर्दै मंगलबार प्रदर्शन गरेको हो ।

    प्रदर्शनपछि शान्तिबाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय,  अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल र काठमाडौं जिल्ला अध्यक्ष     दर्शन कुमार नेपालीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा महिला सङ्घकी महासचिव उपाध्यायले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाका हत्यारालाई अविलम्ब कारबाही गर्न माग गरिन् ।

    उनले रेल र पानीजहाजको कुरा गर्ने केपी सरकारले महिला र आमनागरिकको सुरक्षा गर्न नसकेको बताउँदै बलात्कार र छुवाछूतजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूलाई सरकारले फाँसीको सजाय दिने व्यवस्था बनाउनुपर्ने धारणा व्यक्त गरिन् । उनले सरकार पञ्चायती व्यवस्थाभन्दा निरङ्कुश शैलीमा प्रस्तुत भएको बताइन् । केही दिनअघि नेकपाका दुई पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई अपहरण शैलीमा काठमाडौँबाट पक्राउ गरी काभ्रेको धुलिखेलमा बन्धक बनाइएको र यातना दिइएको भन्दै महासचिव उपाध्यायले उनीहरूको अविलम्ब रिहाइको माग गरिन् । उपाध्यायले न्याय र स्वतन्त्रताको आवाज उठाउने नेताहरूलाई बन्धक नबनाउन आग्रह गरिन् ।

    सोही सभामा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकालले ९ कक्षामा अध्ययनरत निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गरे । ढकालले पन्तका हत्यारालाई तत्काल कारवाही नगरे हजारौँ विद्यार्थी आन्दोलनमा उत्रने चेतावनी दिए । क्रान्तिकारीका काठमाडौँमा जिल्ला अध्यक्ष दर्शन नेपालीले हत्यारा पहिचान गरी हदैसम्मको कारवाही नभए सशक्त आन्दोलन उत्रिने बताए ।

    गत बिहीबार साथीको घरमा पढ्न गएकी निर्मला भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला नजिकैको उखुबारीमा मृत अवस्थामा फेलापरेकी थिइन् । स्थानीय सरस्वती माविमा ९ कक्षामा अध्ययनरत बालिकालाई बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको थियो ।

    उक्त घटनाका दोषीहरूलाई कडा कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शनहरू भइरहेका छन् । घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको सीआईबीको टोली कञ्चनपुर पुगेर स्थानीय प्रहरीसँग समन्वय गरिरहको बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ