• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्नुपर्छ : प्रकाशशरण महत

    849
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्नका लागि उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका छन् ।  मंगलबार काठमाडौँमा आयोजित नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती विषय कार्यक्रममा महतले कागजमा देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका हुन् ।

    उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफू अर्थमन्त्री हुँदा आलु प्याजमा भ्याट लगाउँदा नबुझी विरोध गरिएको गुनासो गरे । महतले नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे ।

    उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए । त्यस्तै महतले नेपालको विशेषताका हिसाबले कृषिको आकारलाई बृहत् बनाउनुपर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया