• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती समाचार

    बागमतीमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे, कृषि तथा पशुपन्छीमा प्रकाश श्रेष्ठ

    1.5K
    SHARES



    काठमाडाैं। बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको हाे ।

    एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

    त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

    एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रहेका थिए ।

    जम्कट्टेल नेतृत्वको पछिल्लो सरकारमा रहेका जगन्नाथ थपलिया, केशव पोख्रेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ २५ पुस २०७९ मा गठित सरकारमा पनि मन्त्री भइसकेका थिए ।

    बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया