• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती राजनीति

    बागमतीमा एमाले र कांग्रेसले २०-२० महिना मुख्यमन्त्री सम्हाल्ने

    1.3K
    SHARES



    काठमाडाैं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी गरएका छन् ।

    लम्सालका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

    बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया