काठमाडाैं। मुख्यमन्त्री जम्कट्टेलले राजिनामा घाेषणा गरेसंगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढलेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा जमकट्टेलले राजीनामा घोषणा गरेसँगै माओवादी केन्द्रकाे बैठक ढलेकाे हाे ।
केन्द्रमा एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै सङ्कटमा परेका मुख्यमन्त्री जम्कट्टेलले संसदबाट बहुमत जुटाउन नसक्ने भएसँगै राजीनामा दिएका हुन् ।
एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल केनद्रिय सत्ता समीकरण परिवर्तन भएपछि अल्पमतमा परेका थिए ।
प्रतिक्रिया