काठमाडाैं। लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया