• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

    2K
    SHARES



    काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ । बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको बताएका छन् ।

    अहिलेको अवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु हुने उनले बताएका छन् । आन्दोलन दबाउन ढाका लगायत विभिन्न शहरमा प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको छ ।

    आन्दोलनमा अधिकांश विद्यार्थीको सहभागिता भएका कारणले सरकारले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ ।

    राजधानी ढाकामा पसल र कार्यालयहरू भने खुलेका छन् । सार्वजनिक बसहरू फाट्टफुट्ट चलेका देखिन्छन् । बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया