• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

विराटनगरमा प्रहरीको गाडी दुर्घटना, घाइते प्रहरीलाई काठमाडौँ ल्याउने तयारी

2.6K
SHARES



काठमाडौँ । विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटनामा परेर २४ जना प्रहरी घाइते भएका छन् । घाइते मध्य एक जवानकाे अवस्था गम्भीर भएकाले काठमाडौँ ल्याउने तयारी भएको छ ।

एक जना प्रहरीको स्पाइनल इन्जुरी भएकाले काठमाडौँ पठाउने तयारी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।

दाहालका अनुसार घाइते प्रहरीको नोबेल अस्पतालमा उपचार भइरहेको छ । धेरै जसो घाइते प्रहरीहरू डिस्चार्ज भइसकेका छन् । दुई-चार जना मात्र अहिले उपचाररत अवस्थामा छन् । टाउको फुटेर घाइते भएका केही प्रहरीहरू पनि छन् ।

टर्निङमा स्लो मोसनमा ट्रक पल्टेको दाहालले बताए । गाडीमा इन्सपेक्टरसहितका प्रहरी थिए । उक्त गाडीमा ५४ जना प्रहरीहरू सवार थिए ।

कसरी दुर्घटना भएको छानबिन समिति बनाएर अनुसन्धान गरिने उनको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ