काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेका मन्त्रीहरूको सूची करिब टुंगो लागेको छ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका हुन् ।
गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन् ।
कांग्रेसबाट प्रकाशमान सिंह- सहरी विकास, रमेश लेखक- गृह, आरजु राणा- परराष्ट्र, तेजुलाल चौधरी- युवा तथा खेलकुद, अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला, दीपक खड्का- ऊर्जा, ऐनबहादुर शाही- वन तथा वातावरण, प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या, बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी बिकास मन्त्री बनाउन नाम पठइएकाे छ ।
एमालेबाट विष्णु पौडेल- अर्थ, पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि, राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन, विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि, देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात, बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति र मानवीर राईलाइ- रक्षा मन्त्री बनाउन नाम पार्टीले सिफारिस गरेकाे हाे ।
जसपाबाट प्रदीप यादव- खानेपानी, नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र लोसपाबाट शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारीर गरेकाे छ ।
प्रतिक्रिया