काठमाडौं । केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो ।
चौधरीले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गरेसफ छन् । सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो ।
उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए । भण्डारीले डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि सोही मन्त्रालय सम्हालेका थिए ।
प्रतिक्रिया