• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    म मन्त्री बन्दिनँ, पार्टीकै काम गर्छु : गगन थापा

    1.5K
    SHARES



    कामठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् ।

    थापाले पार्टी सभापतिलाई आफू सरकारमा नजाने बरू पार्टीकै काम गर्ने बारे जानकारी गराएको बताएकाका छन् ।

    उनले भने, ‘सांसदको रूपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुपयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरूको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रूपमा रहन्छ ।’

    उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ