• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    आज ३ वटा संसदीय समितिको बैठक बस्दै

    532
    SHARES



    काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसदीय सुनुवाइ समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

    जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि सुनुवाइ हुनेछ ।

    त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल, विद्युतीय व्यापार विधेयक, २०८० मा सरोकारवालासँग छलफल हुनेछ ।

    त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा फलफूल खेतीको बिरुवामा दिइँदै आएको अनुदान सम्बन्धी विषयमा व्यावसायिक फलफूल खेती गर्ने कृषकहरूको गुनासो र पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा, समस्या तथा समाधान सम्बन्धी विषयका सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री/सचिव, कृषि, पशुसेवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकहरू, बागवानी विकास केन्द्रका कार्यकारी प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख र सम्बन्धित किसानहरू समेतको सहभागितामा छलफल हुनेछ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया