• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति सूचना केन्द्र

    आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

    1.4K
    SHARES



    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

    दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

    अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूको दाबी छ । अध्यक्षका लागि माधव नेपालका साथै महासचिव घनश्याम पनि भूसाल आकांक्षि छन् । सर्वसम्मत चयन हुने अवस्था नभए नेपाल र भूसाल प्यानलसहित निर्वाचनमा जानेछन् ।

    महाधिवेशनको आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको थियो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया