• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालमा लगानी बढाउन बेलायती राजदूतलाई आग्रह

    0.9K
    SHARES



    काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा बेलायतको लगानी वृद्धिका लागि पहल गर्न नेपालका लागी बेलायती राजदूत रब फेनलाई आग्रह गरेका छन् । परिसंघ सचिवालयमा बुधबार परिसंघ र राजदूत फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको थियो । उक्त अवसरमा अध्यक्ष अग्रवालले नेपालमा बेलयती लगानी वृद्धिमा जोड दिएका हुन् ।

    उनले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गरेका हुन् । उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा पनि जोड दिएका छन्  ।

    परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’लगायत नयाँ कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए ।

    यसबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको पनि बताए  ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया